मेरो अपिल ,म आफै र हामी सवैको लागी ....................



छिमेकी राष्ट्र भारतमा तवाही मच्चाईरहेको  कोभिडको संक्रमण नेपालमा पनि दिनानुदिन बढिरहेको छ | बिगतको हाम्रो अनुभव ,नेपालको मौजुदा स्वास्थ्यको संरचना / बनावट ,अस्पतालको अवस्था ,स्वास्थ्यकर्मीको गणना आदी तमाम तथ्यहरुलाई हर्दा संकटको घडी नजिकै आइरहेको छ | सचेत र सजग हुन बाहेक अब हामीसंग समय  बाकी  छैन| एक अर्कालाई दोष देखाएर कोहि पनि चोखो हुने स्थिति छैन|यस्तै मौका छोपेर बिभिन्न बहाना बनाएर कालो बजारी गर्ने ,औषधीको चरम अभाव देखाउने  र चर्को मूल्य लिने प्रवृत्ती शुरु भै सकेको छ | आम जनताले पनि यहि  बेलामा  अत्यावस्यक सामग्रीको अनावस्यक stock तयार नगरौ | कोभिडको दोश्रो लहरको संक्रमणमा परेका अधिकांस बिरामीहरुलाई oxygen support मा उपचार गर्नु परेको स्थितिमा oxygen cylinder लुकाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने जस्ता काम कहिँकतैबाट नगरौ |लक  डाउन  गरिएका क्षेत्रहरु र अन्य जोखिमका क्षेत्रहरुमा अनावस्यक भिडभाड नगरौ , सकभर घरबाट बाहिर ननिस्कौ , अति आवस्यक काम परेर निस्कनु पर्दा  स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना र संदेश बमोजिम स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पूरा गरि (मास्क लगाउने,सावुन पानीले हात धुने  वा स्यानिटाइजर प्रयोग गर्ने र भिडभाड नगर्ने गरी ) निस्कौ| यतिबेला सबै क्षेत्रमा समन्वयको अभाव देखिएको छ | सबैले आ आफ्नो क्षेत्रबाट गर्नु पर्ने पहल ,सहयोग र समन्वयलाई बढाउनु पर्ने देखिएको छ| उन्नत बिकसित राष्ट्रहरुलाई  समेत यो रोग संगको लडाइमा सफलता  मिलन सकेको छैन | यसकारण हामी आफै सचेत र सतर्क  बनेर यो रोग फैलावट हुनबाट बच्न सक्छौ | 

पिताम्बर पन्त ,सि.अ.हे.व.अधिकृत 

हाल :-स्वास्थ्य बिमा बोर्ड ,चितवन |


Comments

  1. Online Casino Websites - deccasino.com
    Online Casino Websites · Top 카지노사이트 Online Casino: Mr Spin Casino · Casino in Canada: Play Roulette 우리카지노 마틴 · Casino Roulette Games: All Casino Games

    ReplyDelete

Post a Comment

Popular posts from this blog

स्मृती