Posts

Image
सौर्यमान अनुसार आज बिक्रम सम्बत २०७९ सालको अन्तिम दिन चैत्र मसान्त | भोलिबाट नया बर्ष प्रारम्भ हुदैछ | बिक्रम सम्बतको २०८० सालको प्रतिक्षामा बसिरहेका छौ | सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने दिन बैशाख सक्रान्तीलाई हामी नया बर्षको रुपमा हामी मान्दछौ |यद्दपी चन्द्रमान अनुसार नया साल शुरु भैसकेको छ | चैत्र शुक्ल पक्षको प्रतिपदाबाट नया सम्बत्सर संगै चान्द्रायान नया बर्ष शुरु भएतापनि सौर्यमान अनुसारको नया बर्ष भोलिबाट शुरु हुनेछ|  नया बर्षको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका हाम्रा परिवारजन ,ईष्ट  मित्र , बन्धुबान्धव तथा सम्पूर्ण नेपालीजनहरुमा मंगलमय शुभकामना !!! पिताम्बर पन्त  सि.अ.हे.व. अधिकृत  खैरहनी नगर अस्पताल ,चितवन 
Image
बिजया दशमी ,शुभ दिपावली ,नेपाल सम्बत तथा छट लगायतका नेपाली मौलिक चाडपर्वको सन्दर्भमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबैनिहरुमा हार्दिक मङ्गलमय शुभकामना !!!!!                                                                         पिताम्बर पन्त                                            सचिवालय सदस्य ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ,नेपाल                                                                       केन्द्रिय समिति 
Image
           मेरो अपिल ,म आफै र हामी सवैको लागी .................... छिमेकी राष्ट्र भारतमा तवाही मच्चाईरहेको  कोभिडको संक्रमण नेपालमा पनि दिनानुदिन बढिरहेको छ | बिगतको हाम्रो अनुभव ,नेपालको मौजुदा स्वास्थ्यको संरचना / बनावट ,अस्पतालको अवस्था ,स्वास्थ्यकर्मीको गणना आदी तमाम तथ्यहरुलाई हर्दा संकटको घडी नजिकै आइरहेको छ | सचेत र सजग हुन बाहेक अब हामीसंग समय  बाकी  छैन| एक अर्कालाई दोष देखाएर कोहि पनि चोखो हुने स्थिति छैन|यस्तै मौका छोपेर बिभिन्न बहाना बनाएर कालो बजारी गर्ने ,औषधीको चरम अभाव देखाउने  र चर्को मूल्य लिने प्रवृत्ती शुरु भै सकेको छ | आम जनताले पनि यहि  बेलामा  अत्यावस्यक सामग्रीको अनावस्यक stock तयार नगरौ | कोभिडको दोश्रो लहरको संक्रमणमा परेका अधिकांस बिरामीहरुलाई oxygen support मा उपचार गर्नु परेको स्थितिमा oxygen cylinder लुकाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने जस्ता काम कहिँकतैबाट नगरौ |लक  डाउन  गरिएका क्षेत्रहरु र अन्य जोखिमका क्षेत्रहरुमा अनावस्यक भिडभाड नगरौ , सकभर घरबाट बाहिर ननिस्कौ , अति आवस्यक काम परेर निस्कनु पर्दा  स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना र संदेश बमोजिम

उपदेश

 "मुर्खका मनमा अर्ती गाली तुल्य बिझाउछ,दुधपान गरि सर्प खाली बीस बहाउछ"- कविशिरोमणी लेखनाथ पौडेल

विना उद्धेश्यको यात्रा,न यता न उता!!!

स्मृती

 तारा राती निदाउन्न, झरीमा रुन्न इन्द्रेणी।छ उज्यालो तिमी भित्र चम्क आपत्तीमा तिमी।।

अन्तर मनको उज्यालो

 एक पटक गौतम बुद्धले आफ्नो आश्रमको कोठामा  चेलाहरुलाई बोलाएर भन्नु भयो" भोलि आउदा सबैले एउटा एउटा चिज लिएर आउ ताकी यो कोठा भरियोस। जस्ले जति सक्यो त्यती धेरै चिज ल्याउन पनि पाउछ।कोठा भरि हुनु पर्यो।" सबै चेला घर गए। भोलि बिहान भयो। सबै चेलाहरुले गुरुको आज्ञा बमोजिम कोठा भरिने चिज खोजि गर्न थाले। कोहि कपासको भारी लिएर गए।कोहि परालको भारी लिएर गए। सबैले यस्तै यस्तै कुनै न कुनै सामान लिएर गए। कोठामा राख्दै गए। तर कोठा आधा पनि भरिएन। सबै चेलाहरु आए पनि एक जना अझै आउन बाकि थिए। सबैको नजर उनै प्रति थियो।तिनले के लिएर आउने हुन भनेर। ती पनि आई पुगे तर केहि पनि भारी नबोकी आएका देखेर सबै छक्क परे। अनि गुरुले उन्लाई सोध्नु भयो, बाबु तिम्ले केहि ल्याएनौ?" अनि उनले जवाफ दिए "ल्याएको छु"। "उसो भए देखाउ त के हो? लगेर राख आश्रमको कोठामा" गुरुले आदेश दिनु भयो। अनि ती चेलाले त्यो कोठाको एक कुनामा पुगेर आफ्नो खल्तीबाट सानो मैन बत्ती र सलाई झिके । सलाई कोरेर मैन बत्ती बाले र त्यहि राखि दिए। एक छिन पछि त्यो मैन बत्तीको उज्यालो सारा कोठाभरी फैलियो। त्यो देखेर अरु सबै चेलाह