Posts

Showing posts from October, 2020

अन्तर मनको उज्यालो

 एक पटक गौतम बुद्धले आफ्नो आश्रमको कोठामा  चेलाहरुलाई बोलाएर भन्नु भयो" भोलि आउदा सबैले एउटा एउटा चिज लिएर आउ ताकी यो कोठा भरियोस। जस्ले जति सक्यो त्यती धेरै चिज ल्याउन पनि पाउछ।कोठा भरि हुनु पर्यो।" सबै चेला घर गए। भोलि बिहान भयो। सबै चेलाहरुले गुरुको आज्ञा बमोजिम कोठा भरिने चिज खोजि गर्न थाले। कोहि कपासको भारी लिएर गए।कोहि परालको भारी लिएर गए। सबैले यस्तै यस्तै कुनै न कुनै सामान लिएर गए। कोठामा राख्दै गए। तर कोठा आधा पनि भरिएन। सबै चेलाहरु आए पनि एक जना अझै आउन बाकि थिए। सबैको नजर उनै प्रति थियो।तिनले के लिएर आउने हुन भनेर। ती पनि आई पुगे तर केहि पनि भारी नबोकी आएका देखेर सबै छक्क परे। अनि गुरुले उन्लाई सोध्नु भयो, बाबु तिम्ले केहि ल्याएनौ?" अनि उनले जवाफ दिए "ल्याएको छु"। "उसो भए देखाउ त के हो? लगेर राख आश्रमको कोठामा" गुरुले आदेश दिनु भयो। अनि ती चेलाले त्यो कोठाको एक कुनामा पुगेर आफ्नो खल्तीबाट सानो मैन बत्ती र सलाई झिके । सलाई कोरेर मैन बत्ती बाले र त्यहि राखि दिए। एक छिन पछि त्यो मैन बत्तीको उज्यालो सारा कोठाभरी फैलियो। त्यो देखेर अरु सबै चेलाह

दृष्टान्त

 महाभारतमा गुरु द्रोणले कर्णलाई धनुर्बिद्या सिकाउन इन्कार गर्छन। किनकी कर्ण कुनै राजकुमार पनि थिएनन ।उनि सुद पुत्र थिए। अर्कोतिर गुरु द्रोणको एक मात्र अभिष्ट अर्जुनलाई महान धनुर्धर बनाउनु थियो र पान्चाल नरेश द्रुपद सङ बदला लिनु थियो। तर कर्ण पनि धनुर्बिधामा निकै पाराङत थिए। उनि ब्राम्हणको भेष धरेर परशुराम सङ धनुर्बिध्या सिक्न जान्छन।गुरु परशुरामले उनलाई उत्तम शिक्षा प्रदान गर्छन। तर एक दिन गुरु परशुरामले कर्ण ब्राम्हण पुत्र नभएको थाहा पाउछन। अनि कर्णलाई श्राप दिन्छन। जुन बेला कर्णलाई सबै भन्दा बढि आफ्नो बिद्याको ,अस्त्र/शस्त्र्को आवस्यकता पर्छ , त्यो बेला कुनै पनि अस्त्र /शस्त्रले काम नगरोस भन्ने श्राप दिन्छन। कर्ण निराश हुदै आफ्नो निवास फर्कन्छन।यस कारण आफ्नो पहिचान लुकाएर कुनै कुरा प्राप्त भए पनि अन्ततोगत्वा त्यो आफैलाइ  अहितकर हुने रैछ। आफ्नो पहिचान नलुकाऔ। जे छ त्यसैमा सन्तोष मानौ। सत मार्गमा हिड्दा कसैले पनि होच्याउन सक्दैन।बाटो बिरायौ भने आफै बिचलित हुन पुगिन्छ। शुभ रात्री