दृष्टान्त

 महाभारतमा गुरु द्रोणले कर्णलाई धनुर्बिद्या सिकाउन इन्कार गर्छन। किनकी कर्ण कुनै राजकुमार पनि थिएनन ।उनि सुद पुत्र थिए। अर्कोतिर गुरु द्रोणको एक मात्र अभिष्ट अर्जुनलाई महान धनुर्धर बनाउनु थियो र पान्चाल नरेश द्रुपद सङ बदला लिनु थियो। तर कर्ण पनि धनुर्बिधामा निकै पाराङत थिए। उनि ब्राम्हणको भेष धरेर परशुराम सङ धनुर्बिध्या सिक्न जान्छन।गुरु परशुरामले उनलाई उत्तम शिक्षा प्रदान गर्छन। तर एक दिन गुरु परशुरामले कर्ण ब्राम्हण पुत्र नभएको थाहा पाउछन। अनि कर्णलाई श्राप दिन्छन। जुन बेला कर्णलाई सबै भन्दा बढि आफ्नो बिद्याको ,अस्त्र/शस्त्र्को आवस्यकता पर्छ , त्यो बेला कुनै पनि अस्त्र /शस्त्रले काम नगरोस भन्ने श्राप दिन्छन। कर्ण निराश हुदै आफ्नो निवास फर्कन्छन।यस कारण आफ्नो पहिचान लुकाएर कुनै कुरा प्राप्त भए पनि अन्ततोगत्वा त्यो आफैलाइ  अहितकर हुने रैछ। आफ्नो पहिचान नलुकाऔ। जे छ त्यसैमा सन्तोष मानौ। सत मार्गमा हिड्दा कसैले पनि होच्याउन सक्दैन।बाटो बिरायौ भने आफै बिचलित हुन पुगिन्छ। शुभ रात्री

Comments

Popular posts from this blog

अन्तर मनको उज्यालो